जेठ ११ । मोरङ एकैदिन यहाँ तीन जनाले विष सेवन गरेर आत्महत्याको प्रयास गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार रङ्गेली ९ बस्ने २३ बर्षीय पवन शाहले गए राति मुसा मार्ने विषादी सेवन गरे भने अमाहीवरियाती ६ बस्ने ३७ वर्षीय दुबेलाल ऋषिदेव र हरैंचा ६ बस्ने १७ वर्षीया सलिना श्रेष्ठले कीटनाशक विषादी सेवन गरे ।

सबैको स्थानीय अस्पतालमा उपचार भैरहेको मोरङ प्रहरीले जनाएको छ । उनीहरुले विष सेवन गर्नुको कारण भने खुलेको छैन ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।