जेठ १० । साताको अन्तिम दिन नेपाली बजारमा छापावाल सुनको मूल्य आज प्रतितोला रु ७५० ले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बिहीबारका लागि बजारमा छापावाला सुनको मूल्य प्रतितोला रु ५० हजार २५० निर्धारण गरेकामा आज प्रतितोला रु ५१ हजार कायम गरेको छ ।

त्यस्तै तेजाबी सुनको मूल्य अघिल्लो दिन प्रतितोला रु ५० हजार कायम भई कारोबार भएकामा आज प्रतितोला रु ५० हजार ७५० कायम भई कारोबार भएको महासङ्घले जनाएको छ ।

बजारमा असली चाँदीको मूल्यमा पनि प्रतितोला रु पाँचले वृद्धि भएको छ । अघिल्लो दिन प्रतितोला रु ८६५ मा कारोबार भएकामा आज रु ८७० पुगेको छ ।

केही सातादेखि सुन तथा चाँदीको मूल्यमा उतारचढाव आइरहेको भएपनि पछिल्लो साता यसको मूल्य निरन्तर उकालो लागिरहेको छ ।

महासङ्घका अध्यक्ष मणिरत्न शाक्यले अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको अवस्था कमजोर देखिएका कारण सुनको मूल्यमा वृद्धि भएर नेपालमा पनि त्यसको प्रभाव पर्न गई मूल्यमा वृद्धि आएको बताए ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।