पछिल्लो पटक बलिउड निक्कै तातेको छ । त्यसरी तात्नुको कारण कुनै नायक नायिकाको स्क्यान्डलले भने होइन, न त कुनै चलचित्रकै विषयले नै ।

खास विषय भने बलिउड अभिनेता सलमान खानको बिहे बारे चलेको हल्लाबारे हो । उनी अविवाहित र चर्चित अभिनेता रहेकाले पनि उनको बारे हल्ला हुनु स्वभाविक नै हो ।

तर, बेला बेलामा हुने यस्तै हल्ला भने समाचार पनि बन्ने गरेका छन् ।

यसअघि पनि थुप्रै नायीका र मोडलसंग सलमानको अफेयर र विवाहको विषयमा समाचार पनि आएकै हुन् ।

तर यस पटक सलमान खानबारे आएको विवाहको कुरा भने रोमानियाकी टेलिभिजन नानिका लुलिया भन्तुरसँग सम्बन्धित छ ।

सलमानले लुलियालाई करिब दुइ वर्ष अघि भेटेको बताइएको छ । त्यस्तै केही हप्ता यता भने सलमानलाई मानिसहरुले लुलियसंग दर्जनौ पटक होटलमासंगै बसेको देखेको समेत बताइएको छ ।

सलमानका बुवाले यस विषयमा सलमानले विवाह गर्न नलागेको र लुलिया साथी मात्रै भएको बताएका छन् । तर सलमान भने यो विषयमा अझै मौन छन् ।
को सँग त यीनै लुलियसँग । जसलाई फोटोमा हेर्नुहोस्:

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।