काठमाडौँ, ६ असोज । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी संस्थागत ढंगले चल्न नसक्दा स्थानीय तहको निर्वाचनमा पराजय भोग्नुपरेको बताएका छन् ।
लौहपुरुष गणेशमान सिंहको २०औँ स्मृति दिवसका अवसरमा नेपाल ट्रेड युनियन काँग्रेस काठमाडौँले शुक्रबार आयोजना गरेको ‘नेपाल शिक्षक संघको नवनिर्वाचित कार्यसमितिलाई सम्मान तथा दशैँ तिहारको शुभकामना आदानप्रदान कार्यक्रम’मा नेता सिंहले गणेशमान, कृष्णप्रसाद भट्टराईलगायत नेताले विधिसम्मत र नियमसम्मत पार्टी चल्नुपर्छ भनेर पार्टी नेतृत्वलाई घच्घच्याउने काम गरेकाले पार्टीले निर्वाचनमा राम्रो स्थान हासिल गरेको स्मरण गरे । 
काँग्रेस काठमाडौँका सभापति सबुज बानियाँले आगामी निर्वाचनमा काँग्रेसले गरेका राम्रा कामलाई जनतामाझ लगेर जनताको मन जित्नुपर्ने बेला आएको बताए । नेपाल ट्रेड युनियन काँग्रेस काठमाडौँका अध्यक्ष गणेश भट्टराईले पार्टीले श्रमिकको अधिकारलाई अवहेलना गरेको बताए । कार्यक्रममा नेपाल शिक्षक संघका नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरिएको थियो ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।