काठमाडौँ, ६ असोज  । राजधानीको मनोहरा क्षेत्रमा प्रहरीको गोली लागी एक जना घाइते भएका छन् ।

प्रहरीको गोली लागि रामेश्वर गौतम घाइते भएका छन् , उनको ट्रमा सेन्टरमा उपचार भइरहेको महानगरीय अपराध महाशाखाका प्रमुख दिवस लोहनीले जानकारी दिए ।

वरिष्ठ उपरीक्षक लोहनीले भने “मनोहरा पुल नजिक गुण्डाहरुको एक समूह हतियारसहित बसेको छ भन्ने सूचना हामीलाई प्राप्त भयो । हाम्रो प्रहरी टोली त्यहाँ पुग्दा उनीहरुले दुई गोली चलाए प्रहरीले पनि दुई राउण्ड गोली चलाउँदा रामेश्वर गौतम घाइते भएका छन् ।”

गौतमको दाहिने खुट्टाको घुँडामुनि गोली लागेको छ । गौतम यसअघि पनि गुण्डागर्दीमा संलग्न रहँदै आएको प्रहरीको भनाइ छ । 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।