रबिन भट्टराई,जेठ ९ । ताप्लेजुङमा अवस्थित विश्वकै तेश्रो अग्लो कञ्चनजंघा हिमाल आरोहण गरेर फर्कदै गरेका पाँच जनाको ज्यान गएको छ।

हिम पहिरोमा परी दुई जना हङगेरियन, दुई जना कोरियन र एक जना नेपालीको मृत्यु भएको याम्फुदिन गाविस स्थित याम्फुदिन गेष्ट हाउसका छिरिङ शेर्पाले टेलिफोनमा बताएका छन् । जेठ ६ गतेनै मृत्यु भएका उनिहरुको अवस्थाको बारेमा स्थानियले आज मात्रै सार्वजनिक गरेका हुन । उनिहरुको शव अहिले सम्मपनि ७ हजार ५ सय मिटर उचाईको चौथो बेसक्याम्पमा रहेको शेर्पाले बताए ।

उनिहरु सेभेन समिट ट्रेकिङ एजेन्सी र छोयु ट्रेकिङ एजेन्सीबाट त्यहा गएका थिए । साउथ बेसक्याम्प हुदै आरोहण गरेको टोलिको अझै सम्मपनि उद्धार कार्य नभएको शेर्पाले बताए । तर मृत्युहुनको नाम भने खुलेको छैन ।

कञ्चनजंघा संरक्षण आयोजनाले भने आफुहरुलेपनि सुनेको तर आधिकारीक पुष्टि भईनसकेको बताएको छ । टेलिफोन सम्पर्क नहुने उत्त स्थानबाट भरियाहरु याम्फुदिन आएपछि मात्रै आफुहरुलाई जानकारी भएको स्थानियबासिले बताएका छन । स्याटलाईट फोनको माध्यमबाट कम्पनिलाई भने जानकारी भइसकेको स्थानियले बताएका छन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।