जेठ । नेपाली नायिका निशा अधिकारीले पनि आज विश्वको सर्वोच्च शिखर सगरमाथामा पाइला टेकेकी छन् ।
उनले आज बिहान ८ बजे सगरमाथाको सफल आरोहण गरेकी हुन् ।
नायिका निशा नायक अर्जुन कार्कीसँगै चैत २७ गते सगरमाथा आरोहणको लागि काठमाडौँबाट प्रस्थान गरेका थिए । तर कार्कीले भने हिजै सगरमाथाको सफल आरोहण गरीसकेका छन् । कार्कीसँगै म्याराथुन धावक सञ्जय पाण्डेले पनि सर्वोच्च शिखरमा पाइला टेकेका थिए ।
यसैबीच सगरमाथाको चुचुरोमा पुगेर फकिँर्दै गर्दा दुई विदेशी आरोही बंगलादेशका मोहम्मद खलिल हुसेन र कोरियाका सुङ हो सियोको गएराति निधन भएको छ ।



