जेठ ७ । पूर्व स्वतन्त्र सभाषद शदरुल मियाँको धारिलो हतियार प्रयोग गरि हत्या गरिए पछि त्यसको विरोधमा आक्रोसित स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।

आक्रोसित स्थानीयले गृहमन्त्री घटनास्थल आएर दोषीलाई कारवाही हुने प्रतिवद्धता नजनाएसम्म आन्दोलन जारी रहने भन्दै राजमार्ग ठप्प पारेका हुन् ।

राजमार्ग ठप्प भएपछि यात्रुहरु भने मर्कामा परेका छन् ।

सप्तरीको निर्वाचन क्षेत्र नं. ५ बाट संबिधानसभामा प्रतिनिधित्व गरेका उनको गएराति कल्याणपुर २ स्थित किसनपुरमा चोकमा आफ्नै पेट्रोलपम्पमा राति सुतेको अवस्थामा धारिलो हतियार प्रयोग गरि हत्या भएको हो ।

मियाको घाँटीमा धारिलो हतियारले हानेको चोट लागेको प्रहरीले जनाएको छ । राति नै उनको हत्या भएको भए पनि अन्यले भने बिहान मात्रै थाहा पाएका थिए । उनको घाँटी आधा काटिएको अवस्थामा फेला परेको बताइएको छ ।

यसैबीच, घटनाको अनुसन्धान गर्न प्रहरीले कुकुर झिकाएको छ । घटनाका कारण अहिलेसम्म खुल्न सकेको छैन भने कोही पनि पक्राउ पनि परेका छैनन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।