जेठ ७
– नेपालको सिमा क्षेत्रमा दिनदिनै तिब्र रुपमा नेपाली नागरीकता वितरण भइरहेको अवस्थामा कपिलवस्तुस्थित बिजुवा गविसबाट नेपाली नागरिकता दिलाउन सहयोग गर्ने ४ जना धरौटीमा साधारण तारीकमा रिहा भएका छन् ।

 पैसामा आफ्नो देशको नागरिकता भारतीय नागरिकलाई खुलेखुलाम बिक्री गर्दै गरेको अवस्थामा पक्राउ परेका उनीहरुलाई अदालतले सोमबार तारेखमा रिहा गर्न आदेश दिएको हो ।
भारत सिद्धार्थनगर जिल्ला मदना ग्राम बस्ने मोहम्मदरफिक खाँलाई नागरिकता दिनप्रमाणित गराउने बिजुवा ८ का लक्ष्मण लोनिया र पुदन पासीलाई अदालतको आदेशमा जनही ५१ हजार धरौटी बुझाएर तारेखमा छोडेको हो ।

 यसैगरी भारतीयलाई नागरिकता बनाउँदा सनाखत गर्ने कांग्रेस स्थानिय नेता बद्रीप्रसाद चौधरी र जनमोर्चाका युनस मिया पनि जनही ३३ हजार धरौटीमा रिहा भएका छन् । नागरिकताका लागि सिफारिस गर्ने गाविस सचिव तिलक राम यादव पनि साधारण तारीखमा छुटेका छन् ।

यसैबीच, नक्कली कागज बनाई भारतीय नागरिकलाई नेपाली नागरिकता दिन खोज्ने थप तीन जनालाई प्रहरीले बाँकेमा पक्राउ गरेको छ ।
भारतीय नागरिक सहिजात र हजाम खाँलाई नागरिकता दिलाउन सिफारिस गर्ने लक्ष्मणपुर ६ का जलिल अमहद खाँलाई प्रहरीले सोमबार कागजसहित नियन्त्रणमा लिएको हो । भारतीय भने फरार रहेको प्रहरीले जनाए ।

त्यस्तै, झूटो विवरण पेस गरी नेपाली नागरिकता लिन गाविस कार्यालयबाट सिफारिस बनाउने भारतीय नागरिक होलिराम चाई र सनाखत गर्ने बेतहनी ६ का लालजी चाईलाई प्रहरीले शुक्रबार पक्राउ गरेको कान्तिपुर दैनिकले समाचार छापेको छ ।
होलिरामले बेतहनी ६ बसोबास गरेको बेहतनी गाविस कार्यालयबाट नागरिकता बनाउन सिफारिस लिएका थिए । उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालेको बाँके प्रहरी उपरीक्षक भुपालकुमार भण्डारीले बताएका छन् ।

 प्रशासनले गाउँमा घुम्ती शिविर राखी नागरिकता वितरण गर्न थालेपछि भारतीय नागरिक नक्कली कागजका आधारमा नागरिकता बनाउन सक्रिय भएका छन् । उनीहरूलाई स्थानीयले सहयोग गरिरहेको प्रशासनले जनाएको छ । नक्कली काजग बनाई नागरिकता बनाउन खोज्ने ७ व्यक्तिलाई प्रहरीले पक्राउ गरेपछि यसबारे खुलासा भएको हो संविधानसभाको निर्वाचन घोषणाको पूर्वसन्ध्यामा हुन लाग्दा सरकारले नागरिकता वितरण कार्य धमाधम अघि बढाइहेको अवस्थामा तराई क्षेत्रमा भारतीय नागरिकतालाई नागरिकता वितरण गरेका घटनाहरु पटक पटक दोहोरिरहेका छन् ।

तर सरकारले भने यस विषयमा खासै चासो नदेखाएको भन्दै नागरिक अगुवाहरुले दुःख व्यक्त गर्दै आएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।