जेठ ६ । उत्तर कोरियाले सी अफ जापानमा सोमबार पनि छोटो दुरीको क्षेप्यास्त्र प्रहार गरेसँगै यो विषयले पुनः विश्वको ध्यान तानेको छ ।

उत्तर कोरियाले गत तीनदिन देखि निरन्तर रूपमा यस क्षेत्रमा यस्ता क्षेप्यास्त्र प्रहार गरिरहेको दक्षिण कोरियाका संयुक्त सेनाका प्रवक्ताले पुष्टि गरे । उनले यो निर्देशित क्षेप्यास्त्र भएको वा बहुप्रक्षेकबाट रकेट प्रहार भएको छुट्याउन नसकिएको बताए ।

प्रवक्ताले दक्षिण कोरियाले यस्ता परीक्षणको प्रकृति पत्ता लगाउने प्रयास भइरहेको बताए ।
उत्तर कोरियाले शनिबार र आइतबार पनि यस्तै हतियार प्रहार गरेको थियो ।

यसअघि भड्किन लागेको युद्ध सेलाएसँगै उत्तरले हतियार प्रयोगलाई निरन्तरता दिएको हो । उसले त्यतिबेला वार्तामा बस्न दक्षिणसँगको आफ्नो विवादित क्षेत्रबाट अमेरिकाले आफ्नो सेनालाई हटाउनु पर्ने माग गरेको थियो ।

यता, क्षेप्यास्त्र परीक्षणप्रति दक्षिण कोरिया तथा संयुक्त राष्ट्र सङ्घका महासचिव बान कि–मुनले भत्र्सना गरेका छन् । एजेन्सी

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।