गुरूकुलका गुरु बेपत्ता

जेठ ४ । झापाको दमक–१६ स्थित भट्टराई कुलवंश प्रतिष्ठानमा सञ्चालित गुरुकुल विद्यालयका सहायक गुरू विमल भट्टराई तीन दिनदेखि बेपत्ता भएका छन् ।

गुरूकुलमा अध्ययनरत २९ जना विद्यार्थीलाई घर पठाएर बिना जानकारी उनी बेपत्ता भएका हुन् । प्रतिष्ठानले पूर्व जानकारीबिना शिक्षक भट्टराई बेपत्ता भएको जनाएको छ ।

मेचीनगर निवासी भट्टराई गत बिहीबारदेखि वेपत्ता भएका प्रतिष्ठानले जनाएको छ । उनले विद्यार्थी सबैलाई तिमीहरूको अब यहाँ पढाइ हुँदैन भन्दै आवासीयसहितका विद्यार्थीहरूलाई घर पठाएका थिए ।

प्रतिष्ठानका अध्यक्ष शेरबहादुर भट्टराईले उनी नियम विपरीत हिँडेको बताए । भट्टराईको वेपत्ताको कारण थाहा हुन सकेको छैन । सो घटनापछि गुरूकुलको दैनिक पठनपाठन प्रभावित हुन पुगेको छ । प्रतिष्ठानले बेपत्ता भएका भट्टराइविरुद्ध दमक प्रहरीमा उजुरी दर्ता गराएको छ । रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।