जेठ ४ । न्यु योर्क सहरमा सेवारत दुई यात्रुवाहक रेल शुक्रबार साँझ व्यस्त समयमा एकअर्कासँग ठक्कर खाँदा ६० व्यक्ति घाइते भएको र उनीहरूलाई अस्पताल लगिएको त्यहाँका गभर्नर ड्यानियल मोलीले बताएका छन् । घाइतेमध्ये छ को अवस्था निकै गम्भीर रहेको बताइएको छ ।
मेट्रो नर्थ रेलरोडले उक्त दुर्घटना फेयरफिल्डनजिकै भएको र रेल आफ्नो मार्गबाट बाहिरिएको एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
दुर्घटनापछि नै उक्त स्थानमा उद्धार कार्यकर्ताहरू पुगेको बताइएको छ । गभर्नर मोलीले प्रायः व्यक्ति सामान्य घाइते भएको र रेलमार्ग तथा रेलका डब्बामा निकै क्षति पुगेको बताए ।
ब्रिजपोर्ट सार्वजनिक सुरक्षाका प्रवक्ता बिल काएम्फरले दुर्घटनाको समयमा उक्त रेलमा २५० यात्रु रहेको जानकारी दिए ।
उक्त रेल न्यु योर्कको ग्रान्ड सेन्ट्रलबाट न्यु हेभेनतर्फ गइरहेको समयमा दुर्घटना भएको बताइएको छ ।
मोट्रोपोलिटन ट्रान्सपोर्टेसन अथोरिटीले मेट्रो नर्थ रेलरेड सञ्चालन गर्छ र यो अमेरिकामा दोस्रो ठूलो यात्रुवाहक रेलमार्ग भएको बताइएको छ ।
मेट्रो नर्थको प्रमुख रेलमार्ग न्यु योर्कको ग्रान्ड सेन्ट्रल टर्मिनलबाट न्यु योर्क तथा कनेक्टिकटको बाहिरी भागसम्म पुगेको छ । एजेन्सी