जेठ २ । मुस्ताङस्थित जोमसोमको पुथाङ्ग विमानस्थलमा  आज नेपाल वायुसेवा निगमको जहाज दुर्घटना भएको छ ।

दुर्घटनामा चालक दलसहित केही यात्रु घाइते भएका छन् । जसमध्ये ४ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेहरुलाई स्थानीय अस्पताल पुर्याइएको छ ।

चालक दलसहित २१ जना सवार  पोखराबाट मुस्ताङका लागि उडेको नेपाल एयरलाइन्सको ९ एन ए वि ओ विमान  दुर्घटना भए पनि कुनै पनि मानविय क्षति भने भएको छैन ।

उक्त विमानमा चालक दलका ३ जना सहित २१ जना रहेको र त्यसमा पनि ८ जना जापनीज नागरिक भएको बताइएको छ ।

उक्त जहाज रनवेमा ल्याण्ड नगरी बाहिर ल्याण्ड भएको र अनियन्त्रित भई कालीगण्डकीको किनारमा खसेको बताइएको छ । ल्यान्ड गर्ने समयमा बढी हावाहुरी चलेकाले जहाज दुर्घट्ना भएको हुनसक्ने अनुमान गरिएको छ ।

दुर्घटनामा बिमानको पखेटा भाँचिएको जनाइएको छ । -सौजन्य फोटोः फाइल

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।