वर्षाले चुर्लुम्मै राजधानी(फोटोफिचर)

जेठ २ । बिहीबार साँझ परेको वर्षाका कारण राजधानीवासीको जनजीवन अस्तव्यस्त भएको छ । साँझपख भएको भारी वर्षाका कारण अफिसको काम सकेर फर्कने सर्वसाधरण मर्काका परेका हुन् ।

वर्षाका कारण टेकुदेखि सुन्धारासम्म पुरै सवारी साधन एक घण्टा बढी अवरोध हुन पुगेको थियो । भोटे बहाल नजिकै वर्षापछि आएको भलले सडक नै नदेखिने गरी पुरिए पछि त्यहाँ केही समय सवारी आवागमन नै रोकिएको थियो । सवारीका अलवा पैदल यात्रु समेत त्यहाँ रोकिएका थिए ।

त्यस्तै, राजधानीका विभिन्न स्थानमा पनि वर्षाका कारण बगेको पानीले सडक छोपिएपछि सवारी अवरुद्ध भएको थियो ।

भारी वर्षाले यात्रु, सवारी साधन तथा पैदल यात्रुमा प्रभाव परे पनि सवारी साधन बगाउने लगायत कुनै पनि अप्रिय घटना भने नघटेको मेट्रो ट्राफिक प्रहरीले जानकारी दिएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।