जेठ २ । तिब्बतबाट जुत्ताको सोलमा लुकाएर ल्याएको १७ किलो सुनसहित ४ जना आज पक्राउ परेका छन् ।

यसरी पक्राउ पर्नेहरुमा नाम्ग्याल शेर्पा, सोनु शेर्पा, ज्ञानु शेर्पा र सोनम शेर्पा रहेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरुलाई जुत्ताको सोलमा तस्करी गरेर ल्याएको उक्त १७ तोला सुनसहित पक्राउ गरेको हो ।

तिब्बतबाट स्थलमार्ग हुँदै उनीहरु तातोपानीसम्म र त्यहाँबाट कोटेश्वरसम्म सुपर एक्सप्रेसको गाडीमा आएको बताइएको छ । कोटेश्वरवाट बौद्धसम्म भने उनीहरु ट्याक्सीमा पुगेका थिए । तर उक्त सुचना प्रहरीले थाहा पाएपछि जोरपाटीमा उनीहरु पक्राउ परेका हुन् ।

राजधानीभित्र तस्करीको सुन फेला परेको यो दोस्रो पटक हो। यसअगाडि ठमेलमा पाँच किलो सुनसहित सहयोगी पक्राउ परेका थिए।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।