जेठ १ । एक सिरियन विद्रोहीले निधन भएका सिरियाली सेनाको मुटु निकालेर खाएको भिडियो सार्वजनिक भएपछि त्यसले विश्वभर नै तहल्का पिटेको छ ।

त्यहाँ जारी गृहयुद्धको क्रममा ति विद्रोहीले म भगवानसंग कसम खान्छु, हामी तिम्रा मुटु र कलेजो खानेछौँ, तिमीहरु बशरका कुकुरहरु भनि गाली गर्दै ती विद्रोही सैनिकले एक सैनिकको मुटु निकालेर खाएको भिडियो सार्वजनिक भएको हो ।

उक्त भिडियो युट्युबमा अपलोड भएपछि त्यसले विश्वभर नै चर्चा पाएको छ ।

मुटु काटेर निकालेको र उनको एउटा हातमा काट्ने वस्तु र अर्को हातमा मुटु झुण्डाइएको भिडियोमा देख्न सकिन्छ । तर मुटु खानको लागी मुखमा पुर्याएपछि युट्युबमा अपलोड गरिएको भिडियो भने सकिएको छ ।

भिडियोमा मुटु काट्दै गरेका व्यक्ति अबु सक्कर भएको बताइएको छ । उक्त भिडियो सार्वजनिक भएपछि मानवअधिकारवादी संघ संस्थाहरुले कडा आपत्ति जनाएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।