जेठ १ । सशस्त्र प्रहरीले अभ्यासका क्रममा प्रहार गरेको गोली लागेर एक स्थानीयको मृत्यु भएको छ ।

झापाको लखनपुरस्थित सशस्त्र प्रहरीको पाथीभरागणका सशस्त्र प्रहरीले रतुवामाई वृक्षारोपण आयोजनाको वनमा मङ्गलबार गोली प्रहार गर्ने क्रममा घाइते भएका सोही आयोजनाका वनपाले झापा लखनपुर– १ बस्ने ४० वर्षीय सुरेश राईको आज उपचारका क्रममा विराटनगरमा मृत्यु भएको हो ।

सशस्त्र प्रहरीले फाइरिङको अभ्यास गर्ने क्रममा डयुटीमा रहेका बनपाले राईलाई अकस्मात गोली लाग्दा उनी गम्भीर घाइते भएका थिए ।

उनलाई तत्काल उपचारका लागि न्युरोस्थित विराटनगर अस्पताल ल्याइएको थियो । उनको उपचारकै क्रममा आज बिहान ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।