बैशाख ३१ । नवलपरासीको प्रतापपुरमा आज दिउँसो दुई भारतीय मोटरसाइकल जुध्दा एक जनाको ज्यान गएको छ भने तीन घाइते भएका छन् ।

युपी ५३ एस ५५७७२ र युपी ५६३२४५ नंको मोटरसाइकल जुध्दा भारत महाराजगन्जका ४५ वर्षीय देवेशकुमार त्रिपाठीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी महाराजगन्जका वासुदेव यादव, हनुमान गौड र वीरेन्द्र गौड घाइते भएका छन् । उनीहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको अमरापुरी– ७ मा ट्र्याक्टरको ठक्करबाट एक बालकको ज्यान गएको छ । गए राति एक बालकको ज्यान गएको हो । इलाका प्रहरी कार्यालय नवलपुरका अनुसार ना३त १४१३ ट्र्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका स्थानीयवासी सात वर्षीय इसान आलेको उपचारका क्रममा भरतपुरस्थित मेडिकल कलेजमा निधन भएको हो ।

प्रहरीले ठक्कर दिने ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिएको जनाइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।