बैशाख ३० । हलिउड बलिउडमा नायक नायिकाबीच सम्बन्ध विच्छेदका घटनाहरु प्राय जसो घटिरहने भएकाले सम्बन्ध विच्छेद समाचार भन्दा पनि सामान्य झै बन्ने गरेको छ ।

यस्तै, पछिल्लो पटक बलिउड अभिनेत्री चित्रंगदा र पति ज्योति रन्धावबीचको सम्बन्ध पनि टुट्न लागेको हो कि भनेर चर्चा चल्न थालेको छ ।

भारतीय सञ्चारमाध्यमहरुले उनीहरुले सम्बन्ध विच्छेदका लागि सहमतिमा केही दिन अगाडी गुडगाउँ कोर्टमा निवेदन पेस गरेको उल्लेख गरेका छन् ।

मुम्बाईमा बस्दै आएकी चित्रंगदा बलिउड जगतमा करिअर सिंगार्ने जमर्कोमा छिन् भने उनका पति ज्योति भने खेलाडी हुन् । उनीहरुको जोरावर नामक एक छोरा छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।