बैशाख ३० । नेपाली बजारमा आज पनि सुनको भाउ ओरालो लागेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा गिरावट आएसँगै आज नेपाली बजारमा सुनको भाउ ३ सयले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि छापावाला सुनको मूल्य तोलाको ५१ हजार ६ सय रुपैयाँ तोकेको छ ।

आइतबार छापाला सुन तोलाको ५१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । गत बिहीबार तोलाको ५२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन शुक्रबार २ सय रुपैयाँ घटेर ५२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।