बैशाख ३० । कान्तिपुर दैनिकमा छापिएको सामग्रीले अदालतको मानहानी भएको भन्दै एक वर्ष कैद र १० हजार जरिवानाको मागसहित कान्तिपुर सञ्चालक, सम्पादक तथा पत्रकारविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।
कान्पितुर दैनिकमा प्रकाशित सामग्रीले अदालतको मानहानी भएको भन्दै कान्तिपुरका सम्पादक सुधिर शर्मा, प्रकाशक कैलाश सिरोहिया र कान्तिपुर पव्लिेकशन्सलाई विपक्षी बनाएर सोमबार अदालतमा रिट परेको हो ।
पत्रकार विजयकुमारको आदी इत्यादी स्तम्भमा छापिएको ‘पद र पहिचानबिचको महान अन्तर’ शिर्षक विषयको विचार तथा आलेखलाई लिएर अधिवक्ता अञ्जनकुमार पोखरेलले पाण्डे सहित चार विपक्षीविरुद्व दायर गरेका हुन् ।
Comments