
संविधानसभाको निर्वाचनको मिति तत्काल तोक्नुपर्नेलगायतका विभिन्न १० सूत्रीय माग अघि सार्दै सो पार्टीले आह्वान गरेको मधेस बन्दका कारण वीरगन्जसहित यस आसपासको जनजीवन आज बिहानैबाट प्रभावित भएको हो ।
बन्दका कारण यहाँबाट चल्ने लामो दूरीका सवारीसाधन पूर्ण रूपमा ठप्प छन् भने छोटा दूरीका सवारीसाधन आंशिक रूपमा मात्रै सञ्चालनमा रहेका छन् ।
बन्दको प्रभाव यहाँका शैक्षिक संस्थाहरूमा भने परेको छैन । विद्यालयलाई शान्ति क्षेत्र बनाउने अभियानमा आफूहरूले एक्यबद्धता जनाएका कारण विद्यालय बन्दको आह्वान नगरिएको सद्भावना पार्टीका केन्द्रीय सदस्य निजामुद्दिन समानीले बताए ।
बन्दका क्रममा विद्यालय खुलेको वीगन्जमा यो पहिलो घटना नै हो । यातयात र कलकारखानामा भने बन्दको प्रभाव बढी परेको छ । जसका कारण सर्वसाधारण मारमा परेका छन् । रासस