२९ वैशाख । सप्तकोसी नदीको बराहक्षेत्रमा डुबेर बेपत्ता भएका तीन जनामध्ये दुई जनाको लास फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

स्नानका लागि कौशिकीको सङ्गम कोसी नदीमा पसेका बेला अकस्मात डुबेर बेपत्ता भएकामध्ये ५५ वर्षीय ज्ञाननाथ बाँस्कोटा र ३५ वर्षीय गोपाल बाँस्कोटा मृत अवस्थामा नदीे किनारमा फेला परेका हुन् । उनीहरू झापा शान्तिनगर–१ बाट श्राद्धका लागि आएका थिए ।

बेपत्ता भएका ४० वर्षीय रमेश बाँस्कोटाको अझै खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ । फेला परेका दुवैको लाश बराहक्षेत्र मन्दिरदेखि ५ सय मिटर दक्षिणको नदी किनारमा दुई दिनको अन्तरमा फेला परेको बताइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।