हिरालाल श्रेष्ठ, स्विट्जरल्याण्ड यहि मे ४ तारीख २०१३ सालका दिन स्वीस नेपाली समाजको बार्षिक साधारण सभा सफलताका साथ स्विट्जरल्याण्डको बादेनमा सम्पन्न भयो । उक्त साधारण सभामा उपस्थित स्वीस एवं नेपाली मूलका सदस्यहरुलाई स्वागत गर्दै संस्थाका अध्यक्ष डा. मार्कुस रुकस्थुलले संस्थाको प्रगति प्रतिवेदन २०१२/२०१३ प्रस्तुत गरे । यसै अवसरमा स्वीस नेपाली समाजका कोषाध्यक्ष डा. सुजन मल्लले संस्थाको आय-व्यय २०१२/२०१३ प्रस्तुत गर्दै आगामी आर्थिक बर्षका लागि संस्थाको बजेट प्रस्ताब गरे ।
डा. मल्लद्धारा प्रस्तुत आय-व्यय विवरणको जाँच गरी संस्थाका अडिटर पिर्तम गुरुङले एक विष्लेषणात्मक एंव तथ्यपूर्ण प्रतिवेदन पेश गरे । यस संस्थामा लामो समय देखि क्रियाशिल संस्थाका अडिटर पिर्तम गुरुङले दिनु भएको राजिनामा लाई संस्थाको अध्यक्ष रुकस्थुलले स्वीकार्दै उक्त पदमा कमल भट्टलाई सर्वसहमत नियूक्ति गरे ।
उक्त कार्यक्रममा गैर-आवासिय नेपाली संघ, स्विट्जरल्याण्डका तर्फबाट आफ्नो मन्तव्य व्यक्त गर्दै उक्त संस्थाका आई सी सी प्रतिनिधी पिर्तम गुरङले स्विट्जरल्याण्डको नेपालि समुदाय र यसका सफलताहरुलाई अन्तराष्ट्रिय नेपाली समुदाय समक्ष प्रस्तुत गर्ने उदेश्यले सन २०१३ साल जुन महिनाको २२ र २३ तारीखमा स्विट्जरल्याण्डको जुरीखमा हुन गईरहेको गैर-आवासिय नेपाली संघको यूरोपेलि क्षेत्रिय बैठकमा सम्पूर्ण नेपाली समुदाय र स्वीस मीत्रहरुलाई हार्दिक निमन्त्रणा गरे । उनले उक्त कार्यक्रमको लागि सबैको सहयोगको आवश्यक्ता पर्ने बातए । साथै उक्त कार्यक्रममा गैर-आवासिय नेपली संघ स्विट्जरल्याण्डका अध्यक्ष डा. विनय श्रेष्ठले नेपालको वर्तमान सामाजिक एंव राजनीतिक अबस्थाको बारेमा सहभागीहरुलाई जानकारी गराए ।
उक्त साधारण सभामा दिर्घश्रीष मगर र सुरज श्रेष्ठको समुह द्धारा स्वादिष्ट नेपाली व्यञ्जन तयार पारिएको थियो । कार्यक्रमको दोस्रो भागमा ईसिमोडका भूतपूर्व डाईरेक्टर डा. आन्द्रेयाज शिल्डले ईसिमोडका बारेमा बिस्तृत जानकारी प्रस्तुत गरे । कार्यक्रमको अन्त्यमा सहभागिहरुको लागि नेपाली चिया र मिठाईको व्यबस्था गरिएको थियो।