बैशाख २६ । चितवनमा आज बिहान मात्रै चितवनमा बाघले आक्रमण गरी एक जनाको मृत्यु भएको त्यहाँ पुन अर्का एक जनलाई पनि बाघले आक्रमण गरेको छ । आक्रमणबाट आजै त्यहाँ दुई मृत्यु भएको छ ।
आज बिहान सुतिरहेका एक वृद्धलाई लिएर गएको बाघको पिछा गर्दै गएका अर्का एक जनालाई पनि बाघले आक्रमण गरेको हो ।
बिहीबार बिहान ११ बजे बाघको आक्रमणमा परी मृत्यु हुनेमा स्थानीय उज्वलनगरका झाँक्री भनेर चिनिने लालबहादुर आले रहेको प्रहरीले जनाएको छ । उनको शव नजिकै अहिले बाघ पनि रहेकाले निकुञ्जको टोलीले बाघ नियन्त्रणको प्रयास जारी राखेको बताइएको छ ।
आज बिहान गीतानगर गाविस–४ देउनगरका ७५ वर्षीय हनुमन्ते सार्कीको बाघले सुतिरहेकै बेला आक्रमण गर्दा ज्यान गएको थियो । त्यसपछि निकुञ्जलाई खबर गरेपनि नआएको भन्दै खुकुरी लिएर निस्किएका लालबहादुरलाई पनि बाघले आक्रमण गरी ज्यान लिएको हो ।
सो क्रममा उनलाई खोज्न गएका स्थानीय विकास न्यौपानेलाई पनि बाघले आक्रमण गरी घाइते बनाएको छ ।