बैशाख २६ । चुनाव गराउनकै लागि भनेर गठन गरिएको अन्तरिम चुनावी मन्त्री सरकारले अख्तियारबाट नै दोषी ठहराइएका व्यक्तिलाई अख्तियारमै नियुक्ती गरेपछि त्यसको विरोधले उग्र रुप लिदै गएपछि विषय डाईभर्ट गर्न सरकारले निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ ।

संविधानसभा निर्वाचनको मिति घोषणा लगायत समसामयिक बिषयमा छलफल गर्न नेपाल सरकार मन्त्रीपरिषदको बैठक बसिरहेको हो ।

उच्चस्तरिय राजनीतिक संयन्त्रले मंसीर ५ गते र निर्वाचन आयोगले कात्तिक २९ गते निर्वाचन गर्न सरकारसंग प्रस्ताव गरेको भएपनि आजै माथि भनिएको मितिमा या त अन्य कुनै मितिमा निर्वाचनको मिति तोकिने हो या होइन भन्ने बारे भने खुलेको छैन ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।