बैशाख २६ । आन्तरिक विवादको विषयले उग्र रुप लिएपछि एक एमाओवादी नेतालाई छिमेकीले चिर्पटले हानेर हत्या गरेका छन् ।

कलैजा २ स्थायी घर भएका एकीकृत नेकपा माओवादी भोजपुरा राज्य समिति सदस्य राजेन्द्र मण्डलको गएराति हत्या भएको हो ।

उनलाई छिमेकी २० बर्षका प्रमोद महतोको चिर्पटले हानेर गम्भिर घाइते बनाएका थिए । घाइते मण्डलको नारायणी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

हत्यामा संलग्न मण्डल भने फरार रहेका छन् । प्रहरीले अन्य पाँच जनालाई भने अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।