लोकमानको विरोधमा कालै पोतिए फेसबुक र ट्विटरका भित्ताहरु

बैशाख २५ । काममा थकान भएर होस् या त केही घत लाग्दो कुरो देखेर अरुलाई पनि बाढौँ भन्नेहरु या त कुनै न कुनै लत या बहानामा फेसबुक र ट्विटरमा झुण्डिरहने नेपाली प्रयोगकर्तालहरुले बुधबार भने कालो पोतिएको धब्बा देखेँ ।

त्यसरी फेसबुक र ट्विटरका भित्ताहरुमा कालो पोतिनुका कारण भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अख्तियारले दोषी ठहर गरेका शाहीकालिन मुख्य सचिव तथा जनआन्दोलनका दमनकर्तामध्यै एक लोकमान सिंह कार्कीलाई नियुक्त गर्नुको विरोध थियो ।

उनको नियुक्तिको विरोधमा बुधबार दिनभरी नै उच्चतहका व्यक्तित्व, सम्पादक, पत्रकार तथा विभिन्न किसिमका फेसबुक तथा ट्विटर प्रयोगकर्ताले भित्तामा कालो पोत्दै कडा बिरोध जनाएका थिए ।

त्यसरी विरोध जनाउनेहरुले अख्तियारले नै भ्रष्टचारी ठहर गरेको मान्छेलाई भ्रष्टचार नियन्त्रण गर्ने अख्तियारकै प्रमुख बनाएको विरोधमा भन्दै फेसबुक तथा ट्विटरका भित्तामा कालो पोतेका भेटिन्थ्यो ।

संवैधानिक परिषद्ले आइतबार कार्कीलाई अख्तियार प्रमुखमा नियुक्तिका लागि सिफारिस गरेलगत्तै त्यसको विरोधमा उत्रिएका सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले उनलाई राष्टपतिले नियुक्ति गरेसँगै आक्रमक रुपमा उत्रिएका छन् ।

यसरी विरोधमा उत्रने मध्ये कान्तिपुर दैनिक पत्रिकाका समाचार प्रमुख हरिबहादुर थापा पनि भेटिन्छन् फेसबुकमा । उनले त फेसबुकको भित्तामा कालो पोत्दै लेखेका छन्- ‘लोकमान नियुक्त गर्ने तोकमानहरुलाई तिनै लोकमानले जेल हालेको दिन देख्नुपरोस्– हामी राम–राम भनौला ।’


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।