बैशाख २५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लोकमानसिंह कार्कीको नियुक्तिविरुद्धमा भोलि गरिएको उपत्यका बन्द आमाको मुख हेर्ने दिन परेकाले फिर्ता भएको छ ।

कार्कीको नियुक्तिविरुद्ध आन्दोलनरत् विद्यार्थी संगठनहरुले आह्वान गरेको बिहीबारको उपत्यका बन्द आमाको मुख हेर्ने दिन ‘मातातिर्थ औंशी’ परेकाले बन्दफिर्ता गरे पनि अन्य आन्दोलनका सबै कार्यक्रम यथावत रहेको ती विद्यार्थी संगठनहरुले जनाएका छन् ।

भोलिको उपत्यका बन्दको सट्टा वैशाख २९ गते नेपाल बन्द गरिने नेविसंघका प्रवक्ता युपी लामिछानेले बताएका छन् ।

विभिन्न विद्यार्थी संगठनहरुको बुधबार बसेको बैठकले भोलिको बन्द फिर्ता लिने र निर्णय नसच्चिएसम्म आन्दोलन जारी राख्ने निर्णय गरेका हुन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।