बैशाख २३ । नेकपा-माओवादीले नेतृत्वको सुरक्षार्थ राखिएका हतियारबारे मुख्य जिम्मेवार एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै भएको स्पष्टोक्ति दिएको छ ।

पार्टी महासचिव राम बहादुर थापा बादलद्धारा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ- ‘पार्टी एउटै हुँदाको समयमा एनेकपा (माओवादी)का अध्यक्ष नै त्यसप्रकारका हतियार सम्बन्धी विषयको मुख्य जिम्मेवार भएको र के कति हतियार बुझाइयो वा बुझाइएन भन्ने कुराको जवाफदेही समेत रहेको कुरा हामी यस वक्तव्य मार्फत जानकारी गराउन चाहन्छौं ।’

माओवादीले नेतृत्वको सुरक्षार्थ राखिएका हतियारहरु फिर्ता गर्नेबारे समयसीमा तोकी जानकारी गराइएको र ती हतियार अझै फिर्ता नगरिएको भनी आफ्नो पार्टीप्रति विभिन्न माध्यमद्वारा संकेत गरिएकोमा ध्यानाकर्षण भएको समेत जनाएको छ ।

सरकारले अवैध हतियार फिर्ता गर्न बारम्बार समय सिमा तोकीरहेको अवस्थामा माओवादीले भने आज प्रेस विज्ञप्ति निकालेर यस्तो प्रतिक्रिया दिएको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।