बैशाख २३ । मेट्रो एफ. एममा कार्यरत पत्रकार शिव रेग्मीलाई पुनः बहालीको माग गर्दै गरिएको धर्नामा प्रहरीले हस्तक्षेप गरी केही पत्रकारलाई घाइते समेत बनाएको छ ।

काठमाडौँ महानगपालिका बागदरबारको मूलढोकामा आज धर्नामा बस्न जान लागेका पत्रकारहरुमाथि नगर प्रहरीले हस्तक्षेप गर्दा पत्रकार जीवन भण्डारी घाइते भएका छन् ।

काठमाडौं महानगरपालिकाद्धारा सञ्चालित मेट्रो एफएम ९४.६ मेघाहर्ज मा १० वर्षदेखि कार्यरत पत्रकार रेग्मीलाई महानगरपालिकका कार्यकारी अधिकृत केदारबहादुर अधिकारीले मौखिक आदेश दिएको भन्दै सो एफएमको व्यवस्थापन पक्षले हटाएको थियो ।

त्यसपछि आन्दोलित नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको अगुवाइमा पत्रकार रेग्मीको बिनासर्त पुनर्बहाली गर्नुपर्ने मागसहित महानगपालिकाका कार्यकारी अधिकृत अधिकारीलाई ज्ञापनपत्र र धर्नाका लागि त्यहाँ पुगेका पत्रकारहरुलाई बेला प्रहरीले हस्तक्षेप गरेको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।