बैशाख २३ । कुवेतको एक जेलमा रहेकी एक ३५ वर्षिय नेपाली महिलाले आत्महत्या गरेकी छन् ।

कुवेतको केन्द्रीय कारागार लैबियाको जेलमा रहेकी ३५ बर्षीया नेपाली महिलाले आत्महत्या गरेको त्यहाँबाट प्रकाशित हुने एक अनलाइनले लेखेको छ ।

आत्महत्याको कारणबारे भने केही पनि खुलाइएको छैन । प्रहरीले उनको आत्महत्याबारे अनुसन्धान गरिरहेको उक्त अनलाइनले उल्लेख गरेको छ ।

आत्महत्या गर्ने ती महिलाको नाम ठेगाना पनि खुलाइएको छैन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।