जबर्जस्ती बन्द गरेको भन्दै दुई कार्यकर्ता पक्राउ

बैशाख २३ । जिल्ला प्रशासन कार्यालय पाँचथरले सञ्चालन गरेको एकीकृत घुम्ती शिविर सञ्चालनको विरोधमा सङ्घीय लिम्बूवान राज्य परिषद् र नेकपा–माओवादीले आह्वान गरेको बन्दको क्रममा बन्द गराउँदै हिँडेका दुईजनालाई सदरमुकाम फिदिमबाट पक्राउ गरिएको छ ।

आज बिहान फिदिम बजारमा सवारीसाधन र पसल बन्द गराउँदै हिँडेका गणतान्त्रिक मोर्चाका पाँचथर सचिव दीपक खनाल र लिम्बूवान शिक्षक परिषद्को अध्यक्ष योगेशरत्न योङ्यालाई शसस्त्र प्रहरीले पक्राउ गरेको हो ।

यसैबीच बन्दकर्ताले फिदिमको शिक्षा लाइनमा मालबाहक ट्रक नियन्त्रणमा लिएका छन् । ना२ख ८२२३ नम्बरको ट्रक सामान झार्न भन्दै गन्तव्यतर्फ गइरहेको अवस्थामा चाबीसहित नियन्त्रणमा लिएको हो । बन्दकर्ताले ट्रक नियन्त्रणमा लिएको केही बेरमै दुई कार्यकर्ता पक्राउ परेका हुन् ।

पाँचथरको दुर्दिम्बास्थित ६ नम्बर बुधबार भन्ने ठाउँमा सञ्चालन भएको घुम्ती सेवा शिविरलाई अवरोध गर्न गएका आफ्ना कार्यकर्तालाई पक्राउ गरिएको विरोधमा जारी पूर्वका नौ जिल्ला बन्दको आज तेस्रो दिन हो ।

यता पाँचथरका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले वार्ताको प्रयास गरिए पनि ान्दोलनकारीहरु केन्द्रसँग मात्रै वार्ता गर्ने भनेर नआएको बताए । उनुभयो । बन्द खुलाउने प्रयास जारी रहेको उनँको भनाइ छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।