प्रहरीका अनुसार नजिकै रहेको घोडाघोडी जङ्गलमा दाउरा काट्न गएका प्रेम न्यौपानेले पत्नीसँग भएको सामान्य विवादले उग्र रूप लिएपछि हसिँया प्रहार गरी कान्छी पत्नी सुनिता न्यौपानेको हत्या गरेका हुन् ।
हसिँया प्रहारबाट सुनिताको घटनास्थलमै मृत्युभएको ईलाका प्रहरी कार्यालय सुखडका प्र्रहरी निरीक्षक कर्ण बमले बताए ।
पत्नीको हत्या गरेपछि प्रेमले लगत्तै विषसेवन गरेका थिए । विषसेवनबाट बेहोस भएका उनको स्थानीय घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्युभएको हो ।
दुवैको शव पोष्टमार्टमका लागि धनगढीस्थित सेती अस्पतालमा ल्याउने तयारी भइरहेको छ ।

यसअघि शनिबार बिहान मृतकका सात वर्षीय छोरा रोशन पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने घोडाघोडी सडकखण्डमा युके ५७००७ भारतीय नम्बर प्लेटको जिपले ठक्कर दिएर घाईते भएका थिए ।
ठक्करबाट गम्भीर घाइते बालकलाई थप उपचारको लागि भारतको लखनउमा लगिएको छ ।







