बैशाख २२ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन थ्रीको इटलीसँगको अन्तिम खेलमा सानदार जित र बर्मुडासँग अमेरिकाले हार बेहोरेसँगै डिभिजन थ्रीबाट नेपाल आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा उक्लन सफल भएको छ ।

डिभिजन टु मा उक्लनका लागि इटली विरुद्धको खेलमा जितेर मात्रै पनि नभई अर्को खेलमा बर्मुडाले पनि अमेरिकालाई हराउन आवश्यक थियो । तर अमेरिकाले बर्मुडालाई दिएको २२१ रनको लक्ष्य बर्मुडाले ५ विकेटले जित हासिल गर्दै ४४ ओभर ४ बलमा ५ विकेट गुमाएर सहज रुपमा भेट्टाएपछि नेपाल डिभिजन टुमा उक्लिएको हो ।

Points Table

Teams Mat Won Lost Tied N/R Pts Net RR
Uganda 5 4 1 0 0 8 +1.091
Nepal 5 3 2 0 0 6 +0.715
U.S.A. 5 3 2 0 0 6 +0.456
Bermuda 5 3 2 0 0 6 -0.683
Oman 5 2 3 0 0 4 +0.048
Italy 5 0 5 0 0 0 -1.675

फाइनल प्रवेश गरेका नेपाल र युगान्डा बिचको खेल 5 May,2013 मा National Sports Stadium मा नेपाली समय अनुसार साँझ 7:15 बजे हुँदैछ साथै यसै दिन तेस्रो र चौथो स्थानका लागि St. David’s मैदान अनी पाँचौ र छैटौँ स्थानका लागी Somerset CC मा हुनेछ।

त्यसो त नेपालले डिभिजन २ मा बढुवा भएसँगै अब २०१५ मा आयोजना हुने ५० ओभर विश्वकपको छनौंट खेलको ढोका समेत उघारी सकेको छ ।

सन् २०१४ मा न्यूजील्याण्डले आयोजना गर्ने छनौंट खेलमा डिभिजन तीनका फाईनलिस्ट दुई देशसहित १० देशको सहभागिता रहने छ ।

१० देश मध्ये पहिलो र दोश्रो हुने देशले अष्ट्रेलिया र न्यूजिल्याण्डले संयुक्तरुपमा आयोजना गर्ने विश्वकप क्रिकेट २०१५ खेल्न पाउनेछन् ।

बाँकी समाचार पढ्न यो लिंक क्लिक गर्नुहोस्

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।