बैशाख २२ । विश्व क्रिकेट लिग डिभिजन थ्रीबाट टुमा उक्लन आफ्नो तेस्रो खेलको जितले मात्रै नपुगेर अर्को खेलमा अमेरिका हार्नै पर्ने अवस्था सिर्जना भएपछि नेपालीहरुको ध्यान अमेरिकाविरुद्ध खेल्ने टिम बर्मुडाको टोलीसँग शुभकामना र हौसला दिनसम्म पुगेको छ ।
डिभिजन टु मा उक्लनका लागि इटली विरुद्धको खेलमा जितेर मात्रै पनि नभई अर्को खेलमा बर्मुडाले पनि अमेरिकालाई हराउन आवश्यक रहेपछि नेपालीहरुले बर्मुडाको टोलीलाई हौसला थपिदिन पुगेका हुन् ।
तर यसअघि नेपालले नै बर्मुडालाई ११ ओभरमै हराईदिए पनि अहिले अमेरिकालाई पाखा लगाउन बर्मुडालाई नै हौसला दिएको हो ।
यसरी हौसला दिनेहरु ट्विटरमा उत्ति नै भेट्टिएका थिए भने फेसबुकमा पनि झनै देखिएका थिए ।
बर्मुडाको राष्टिय क्रिकेटको फेसबुक खेल सुरु भएसँगै नेपालीहरुका कमेन्टले भरिएका थिए । त्यहाँ नेपालीहरुका हौसला र शुभकामना बढी पाइएको थियो ।
जसमा तिमीहरुले अमेरिकालाई जित्छौँ । जित भन्दै शुभकामना दिइएको भेटिन्छ । बर्मुडाको क्रिकेट फेसबुक पेजमा केही नेपालीले पोष्ट गरेका हौसला तथा शुभकामना यस्ता थिए:
Sameer Tamrakar
Common Bermudian players, we Nepali cricket lovers from Nepal and around the Globe is praying for you guys. You people are going good, and dont deserve relegation for sure. TonsOfPrayers for you guys. 🙂
Like · · 19 minutes ago
Binod Bhandari
common dude u can do it
Yam Basyal
Bermuda Bermuda Bermuda …. You can do it …
Antim Shrestha
team bermuda u can do it….. best of luck….. lets have a victory against usa