बैशाख २० । मदिरा सेवन गरी आएका पतिको कुटाइबाट प्यूठानमा पत्नीको मृत्यु भएको छ ।
बाङ्गेशाल–५, आँधीटार निवासी ३० वर्षीया भगवता विष्टको आफ्नै घरमा बसिरहेको अवस्थामा गएराति पति बलदेवले मदिरा सेवन गरी कुटपिट गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
विष्ट दम्पती झगडा गरी घाइते भएपछि पतिलाई प्रहरी नियन्त्रणमै स्थानीय मेडिकलमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।
Comments