बैशाख २० । नेकपा–माओवादी लगायत आन्दोलनरत दलहरुले आज कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा चक्काजाम र विरोध प्रदर्शन गरेका छन् ।

३३ दलीय मोर्चाले राष्ट्रपतिद्वारा जारी २५ बुँदे बाधा अड्काउफुकाउ आदेश खारेज नहुँदासम्म दल दर्तालगायतका सम्पूर्ण निर्वाचनका कार्यक्रम स्थगित गर्नुपर्ने माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।
   
    निर्वाचन आयोग अगाडि कान्तिपथ सडकमा आज बिहान ९ देखि ११ बजेसम्म विरोध प्रदर्शन गर्दै उनीहरुले धर्नासमेत दिएका थिए ।

आन्दोलनकारी दलहरुले वर्तमान सरकारका अध्यक्षको राजीनामा माग्नुका साथै राष्ट्रिय स्वाधिनतका लागि गोलबन्द हुनसमेत आह्वान गरे । उनीहरुले चार दलीय सिन्डिकेट खारेज गर्नुपर्ने मागसमेत गरेका थिए ।

    कार्यालय समयमा भएकाले दलहरुको प्रदर्शनका कारण राजधानीको सवारी आवागमनमा बाधा पुगेको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।