बैशाख २० । अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसको रात नै राष्ट्रिय समाचार समिति (रासस) का पत्रकार रमेश लम्साल कुटिएका छन् ।
कार्यालयको काम सकेर हिजो राति घर फर्कनेक्रममा उनीमाथि कुटपिट भएको हो ।
काठमाडौँ मनमेजु गाविस नेपालटार नजिक त समाचार पनि लेख्छस् भन्दै दुईवटा मोटरसाइकलमा आएका नचिनेका मान्छेले उहाँमाथि आक्रमण गरेको हो ।
आक्रमणकारी पटकपटक त समाचार पनि लेख्छस् होइन भन्दै कुटपिट गर्दा उहाँको ओठमा चोट लागेको छ ।
आक्रमणकारीले बालाजु बाइपासदेखिनै आफू चढेको गाडी पछाएको र नेपालटार पुगेपछि आक्रमण गरेको लम्सालले बताएका छन् ।
यसैबीच, प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज विश्वभर र नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरिएको छ ।
Comments