वैशाख १८ – मजदुरको हक अधिकारको माग गर्दै बुधबार अन्तर्राष्ट्रिय मजदुर दिवस विश्वभर मनाइएको छ ।
विश्वभर मे १ तारेखमा मनाइदै आएको मजदुर दिवस नेपालमा समेत विभिन्न कार्यक्रम गरी मनाइदै छ । सन १८८६ मे १ तारेखदेखि मनाउन थालिएको मजदुर दिवस आजकै दिन विश्वभर मनाउने गरिन्छ । १८८६ मे १ मा अमेरिकाको शिकागोमा हजारौं मजदुरले ८ घन्टा काम, ८ घन्टा आराम र ८ घन्टा मनोरञ्जनको माग गर्दै थालेको आन्दोलन सफल भएको अवसर पारेर प्रत्येक वर्ष मे दिवस मनाउने चलन छ । मे दिवसको अवसरमा बुधबार बिहान राजधानीका सडकमा निकालिएका र्याली फोटोमा :