बैशाख १६ । केन्द्रीय सदस्य मनोनयन तथा चुनावी एजेण्डाबारे छलफल गर्न आइतबारका लागि तय गरिएको एमाले पोलिटब्यूरो बैठक नवसी स्थगित भएको छ । केन्द्रीय सदस्य मनोनयनमा कुरा नमिलेपछि बैठक स्थगित गरिएको हो ।
पोलिटब्यूरो बैठक स्थगित गरिएपछि आज स्थायी कमिटी बैठक बसेको थियो । पार्टीबाट बाहिरिएका जनजाति नेताको ठाउँमा मनोनयन गर्ने विषयमा छलफल गर्ने भानिए पनि आकाक्षी धरै देखिएपछि त्यसबारे सहमति हुन नसकेको हो । पद थोरै तर मान्छे धेरै भएका कारण सहमति नजुटेको नेताहरुले जानकारी दिएका छन् । स्थायी कमिटीमा सहमति भएपछि अनुमोदनका लागि पोलिटब्यूरो बैठकमा लैजाने योजनासहित आजको पोलिटब्यूरो बैठक स्थगित गरिएको एमाले उपाध्यक्ष बामदेव गौतमले जानकारी दिए ।
विधानमा व्यवस्था भएअनुसार पाँच प्रतिशत र केहि जनजाति नेता बाहिरिएपछि रहेका रिक्त पदमा यसअघि नै पूर्ति गर्ने निर्णय भएपनि त्यसबारे एमालेमा बिबाद छ । पदपूर्तिमा शीर्ष नेताहरु बीच सैद्धान्तिक सहमति भएपनि ब्यक्तिका बिषयमा भने उनीहरु एकमत हुन सकेका छैनन् । स्थायी कमिटीले निस्कर्ष दिएपछि सोमबार पोटिलब्यूरो बैठक बस्ने बताइएको छ ।