बैशाख १५ । लोकसेवा आयोग जुम्लाले वैशाख १४ गते सञ्चालन गरेको राजपत्र अनङ्कित प्रथम श्रेणी नायब सुब्बाको परीक्षाको ७ नम्बरको प्रश्न बोर्डमा लेखेर परीक्षा लिएको छ ।

बिहान ठिक ११ बजे कर्णाली मावि अनामनगर जुम्लामा सञ्चालन भएको द्वित्तीय पत्र सामाजिक आर्थिक विषयको ७ नं ‘वैदेशिक रोजगारले नेपालको राजस्व वृद्धिमा महत्वपूर्ण सघाउ पु¥याएको छ भन्ने भनाइलाई छोटकरीमा पुष्टि गर्नुहोस्’ भन्ने प्रश्न कुनै कोठामा मुखले भनेर त कुनैमा बोर्डमा लेखाएर परीक्षार्थीले परीक्षा दिएका थिए ।

त्यही द्वित्तीय पत्रको सोही प्रश्न कुनै कोठाको प्रश्नपत्रमा भने छपाई भएको पाइयो । यस विषयमा लोकसेवा आयोग जुम्लाले भने खासै ठूलो गल्ती नभइ सामान्य त्रुटी भएकोे जनाएको छ । रासस


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।