बैशाख १५ । सुनसरी जिल्लाको दुहवी गाविस–५ निवासी १७ वर्षीया राधिका कामत मृत अवस्थामा आज बिहान दुहवीस्थित बुढीखोला किनारमा फेला परेकी छन् ।
हिजो साँझ ८ बजेतिर छिमेकी जहेरा खातुनले घरबाट नै बोलाएर गएकी राधिका नफर्केपछि उनका बाबु सिँगेश्वर कामत र उनकी आमाले खोजी गर्दा ‘अहिले किन खोजी गरेको ल्याई दिउँला’ भनेकोले राति खोजी नभएपछि आज बिहान खोजी गर्ने क्रममा उनको शव फेला परेको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ ।

टाउको र शरीरका केही भागमा चोटपटक लागेको अवस्थामा मृत फेला परेकी राधिकालाई बलात्कार गरी मारेर फ्याँकेको प्रहरीले आशङ्का गरेको छ । राधिकालाई बोलाएर लैजाने जहेरा खातुन फरार रहेको प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिए ।
किशोरी मृत फेला परेपछि केही शङ्कास्पद पुरुषलाई नियन्त्रणमा लिई सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।
Comments



