बैशाख १ । नेपाली चलचित्र जगतमा निक्कै ग्ल्यामरस नायिकाको रुपमा परिचय बनाएकी सुष्मा कार्की अब भने लागु पदार्थको दुर्व्यसनकर्ता (ड्रगिष्ट) का रुपमा देखिने भएकी छन् ।

चलचित्र बिन्दासमा बोल्ड सिनमा देखिएकी नायिका कार्कीले बिन्दास २ मा भने ड्रगिष्ट केटीको रुपमा देखिने भएकी हुन् ।

बिन्दासको सफलता पछि निर्माता मधुकुमार श्रेष्ठले यसको सिक्वेल बनाउने भएका हुन् ।

बेरोजगारीका कारण विदेश पलायन हुन पर्ने कथालाई समेत समेटिने बताइएको बिन्दास २ मा सुष्माका साथमा सुशान्त कार्की, नव नायिका अनिशा गुरुङ लगायतको अभियन रहने बताइएको छ । चलचित्रलाई राजु गिरीले नै निर्देशन गर्ने भएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।