बैशाख १५ । नौ वर्षीया नाबालिकालाई बलात्कार गरी फरार रहेका एक जना अहेव पक्राउ परेका छन् ।

सप्तरीको कञ्चनपुर गाविस–९ स्थित आफ्नै किराना पसलमा बलात्कार गर्ने ३२ वर्षीय अहेव हरेन्द्र देवलाई प्रहरीले गएराति पक्राउ गरेको हो ।
किराना पसलमा शनिबार बिहान ७:३० बजे सामान किन्न पुगेकी नाबालिकालाई बलात्कार गरी उनी फरार भएका थिए ।

उपस्वास्थ्य चौकी गोबरगाढामा कार्यरत अहेव देवले बालिकालाई बलात्कार गरेको भन्दै पीडित परिवारका सदस्यले इलाका प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।