बेपत्ता चेपाङ महिलासहित दुईको खोजीका लागि अपिल

बैशाख १५ । पूर्वी चितवन शक्तिखोर–८ देवीटारको ड्राइभर डाँडाकी एक चेपाङ महिला दुई हप्तादेखि बेपत्ता भएकी छिन् ।

यही वैशाख २ गते बिहानसम्म घरमै रहेकी देवीटार ड्राइभर डाँडाकी ६० वर्षीया श्रीमाया चेपाङ एक्कासी हराएको उनका परिवारले जनाएको छ ।

नजिकका आफन्त र चिनेजानेकाको घरमा खोजी गर्दा समेत फेला पार्न नसकिएको उनका श्रीमान् रामबहादुर चेपाङले बताए ।

तीन छोरा र दुई छोरीकी आमा श्रीमाया छिमेकी गाविस जुटपानीसम्म गएको जानकारी आएको र त्यसपछि अहिलेसम्म कहाँ गएको भन्ने पत्ता नलागेकाले खोजी गरिदिन उनका परिवारले प्रहरी, प्रशासन, पत्रकार र नागरिक समाजलाई आग्रह गरेको छ ।

यसैबीच चितवनको मेघौलीका २१ वर्षिय इन्द्रमणि पौडेल गत २०६९ फागुन २२ गतेदेखि परिवारबाट सम्पर्कविहीन भएका छन् ।

मेघौली ७ स्थित साझापुर उच्च माविमा अध्ययनरत इन्द्र घरमा कसैलाई केही नभनी विगत डेढ महिनादेखि बेपत्ता भएको आमा बिष्णुमाया पौडेल बताउँछिन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।