विश्वकै ‘सुन्दर’ महिलाका रुपमा ओस्कार विजेता हलिउड अभिनेत्री गिनेथ पाल्ट्रो चुनिन पुगेकी छन् ।

चर्चित पत्रिका‘पीपुलको सर्वेक्षण अनुसार गिनेथ विश्वकै सुन्दर महिला ठहरिएकी हुन् ।

अमेरिकी गायिका समेत रहेकी गिनेथले आफ्नो सुन्दरताको श्रेय आफ्नो दैनिक कार्य र परिवार भएको प्रतिक्रिया दिएकी छन् ।

सन् १९९१ बाट फिल्म अभिनय थालनी गरेकी गिनेथ ४० वर्षकी छिन् भने उनका दुई बच्चा समेत छन् ।

यसअघि यो उपाधि पप गायिका वियोन्से, जुलिया रोवर्टस्, जेनिफर लोपेजले प्राप्त गरिसकेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।