बैशाख १४ – पाकिस्तानको लाहोरस्थित एक जेलमा भारतका एक व्यक्तिमाथि छुरा प्रहार गरिएको छ ।

सर्वजित सिंहमाथी जेलमा रहेका उनकै साथीहरूले इँटा र चक्कु प्रहार गरेका हुन् ।

छुरा प्रहारबाट गम्भिर घाइते भएका सर्वजित सिंहलाई अहिले अस्पतालमा भर्ना गरिएको छ । अहिले उनी कोमामा छन् ।
सर्वजितलाई जेलको एक सेलबाट अर्को सेलमा स्थानान्तरण गरेपछी छुरा प्रहार गरिएको थियो ।

उनलाई पहिले जेलभित्रकै अस्पतालमा लगिएपनि स्थिति खराब भएपछी उनलाई एम्बुलेन्स मार्फत जिन्नाहा अस्पताल पुर्याइएको थियो ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।