बैशाख १३ । थाँक्रे–९ चिनिमेलमा आगलागीमा बिहीबार दुई घर नष्ट हुँदा रु ७० लाख नोक्सान भएको छ ।
   
    स्थानीयवासी हरिवंश अधिकारीको किराना पसलमा विद्युत् सर्ट भई निस्केको आगाले हरिवंश सँगै जोडिएको मुक्तिनाथ अधिकारीको घर नष्ट हुँदा सत्तरी लाखबराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

    हरिवंशले सञ्चालन गरेको मट्टीतेल बिक्री केन्द्रमा सल्किएपछि भीषण रूप लिई सँगै जोडिएको मुक्तिनाथको घरमा समेत आगलागी भएको हो । आगलागीवाट ब्रिकी केन्द्र, किराना पसल तथा मुक्तिनाथ अधिकारीले सञ्चालन गरेको दाना बिक्री केन्द्रमा पनि पूरै क्षति पुगेको छ । 

    अत्यधिक प्रज्वलनशील पदार्थ डिजेल र मट्टीतेलमा आगो एकै पल्ट सल्किएपछि लियन्त्रणमा लिन तथा धनमाल निकाल्न समेत नभ्याइएको स्थानीय बासिन्दाले बताएका छन् । इलाका प्रहरी कार्यलय खानीखोलाको नेतृत्वमा आएको प्रहरी र स्थानीय बासिन्दाको प्रयासपछि करिब तीन घन्टापछि आगो नियन्त्रणमा आएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।