बैशाख १३ । सप्तरीमा १५ वर्षीया एक किशोरीलाई बलात्कार गरेको आरोपमा बिहीबार एक युवकमाथि सप्तरी जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

कमलपुर गाविस–२ घर भई ओद्राहा गाविस–९ बस्ने २४ वर्षीय रामचन्द्र खंगलाई छदेखि १० वर्ष कैद र पीडितलाई क्षतिपूर्तिको माग गर्दै जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो ।

घोघनपुर गाविस–५ स्थित गहुँ खेतमा गत चैत ९ गते राति ११ बजे अभियुक्त खंगले बलात्कार गरेको भन्दै पीडित किशोरीले प्रहरीमा दिएको उजुरीका आधारमा अनुसन्धानपछि मुद्दा दर्ता भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

अभियुक्त खंग हालसम्म फरार छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।